११ कात्तिक २०८३ English
English

गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बन्न १९७ जनाको आवेदन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बन्न १९७ जनाको आवेदन

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाबाट गण्डकी प्रदेशका गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्न हालसम्म १ सय ९७ जनाले आवेदन दिएका छन्। पार्टीले 'गाउँपालिका क्यान्डिडेट क्लब' अन्तर्गत भदौ १ गतेदेखि इच्छुकबाट अनलाइन आवेदन लिन थालेको थियो। जिल्लागत रूपमा गोरखाबाट सबैभन्दा धेरै ४१ जना आकांक्षी छन्।

स्याङ्जाबाट ३२ र कास्कीबाट ३१ जनाले अध्यक्ष बन्ने इच्छा देखाएका छन्। तर ५ गाउँपालिका भएको मुस्ताङ र ४ गाउँपालिका भएको मनाङबाट एउटा पनि आवेदन परेको छैन। म्याग्दीका ५ मध्ये ३ गाउँपालिकाबाट मात्र आवेदन आएको छ।

रास्वपा गण्डकी प्रदेश सभापति नविन त्रिपाठीले मनाङ र मुस्ताङमा पार्टी संगठन बनाउने काम जारी रहेकाले त्यहाँबाट आकांक्षी नआएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार