दलको जिम्मेवारी लिएका सरकारी कर्मचारीमाथि कारबाही सिफारिस

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले सरकारी जागिरमा रहँदै राजनीतिक दलको जिम्मेवारी सम्हालेका ३ जना कर्मचारीमाथि कानुनी कारबाहीका लागि सिफारिस गरेको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिनुभएको छ। सार्वजनिक संस्थामा कार्यरत रहँदै दलमा पद लिएको विषयमा पार्टीमा उजुरी परेपछि सिफारिस गरिएको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले आफ्नो सन्देश 'राष्ट्र पहिलो' भन्ने नाराका साथ टुंग्याउनुभएको छ। पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस पठाएको छ। रास्वपा सचिवालयका अनुसार सिफारिसमा परेका तीनै जना कर्मचारी काठमाडौँका हुन्।
उनीहरूको नाम र उनीहरू काम गर्ने संस्थानको विवरण भने पार्टीले सार्वजनिक गरेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


