११ कात्तिक २०८३ English
English

एमालेका मनोनीत तीन केन्द्रीय सदस्यको शपथ, ओलीले भने देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमालेका मनोनीत तीन केन्द्रीय सदस्यको शपथ, ओलीले भने देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन

YouTube मा सब्स्क्राइब

नेकपा एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले आज पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शपथ लिनुभएको छ। शपथ ग्रहण काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको छ। शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा.

पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट हुनुहुन्छ। अन्य मनोनीत केन्द्रीय सदस्यले भने यसअघि नै शपथ लिइसक्नुभएको छ। शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले देशले अहिले स्वतन्त्रताको उपयोग गर्न नपाएको र स्वाधीनता खण्डित भएको बताउनुभएको छ।

उहाँले राज्य आतङ्क, गुण्डाराज र बेलगाम फासीवादका कारण देशमा कसैले बोल्नसमेत नसक्ने अवस्था बनेको आरोप लगाउनुभएको छ। यो अवस्था थप बिग्रन नदिन र देशलाई स्वतन्त्रता तथा स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको तयारीबाहेक अर्को विकल्प नरहेको अध्यक्ष ओलीको भनाइ छ। देशलाई अहिलेको सङ्कटपूर्ण अवस्थाबाट पार लगाउन पार्टी सही नीति र विचारमा टेकेर एकजुट र अनुशासित ढङ्गले अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार