१२ कात्तिक २०८३ English
English

बाढीपछि बगरमा बदलियो पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपछि बगरमा बदलियो पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र

YouTube मा सब्स्क्राइब

असोज ११ गतेको लगातार वर्षापछि आएको बाढी र डुबानले पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्रलाई बगरमा परिणत गरेको छ। उत्तरतर्फ बग्ने कालीगण्डकी नदीको किनारमा रहेको यो महल प्रेमको प्रतीकका रूपमा चिनिँदै आएको छ। महल हेर्न, तस्बिर खिच्न र नदी किनारमा रमाउन आउनेको भीडले यो क्षेत्र चलायमान हुने गर्थ्यो।

अहिले महल आसपासको क्षेत्र बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ। बाढीले व्यवसायका संरचना, सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारमा क्षति पुर्‍याएको छ। महल वरपरका एक दर्जनभन्दा बढी व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।

पर्यटकको आवतजावत घटेपछि पर्यटनमै निर्भर स्थानीय व्यवसायी आफ्नो कारोबार फेरि कसरी चलाउने भन्ने चिन्तामा छन्। क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा सरकारले चासो नदेखाएको स्थानीय सरोकारवालाको आरोप छ। तानसेन नगरपालिकाले भने रानीमहलका क्षतिग्रस्त संरचना हटाउने काम भइरहेको जनाएको छ।

सम्बन्धित पालिकासँग समन्वय गरेर क्षेत्रको व्यवस्थापन गरिरहेको नगरपालिकाको दाबी छ।

स्रोत

सम्बन्धित समाचार