भूपिन खड्का र जुनु रानाको कृतिलाई विमल गुरुङ कृति पुरस्कार

कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले विमल गुरुङ कृति पुरस्कार–२०८२ भूपिन खड्काको 'मध्यको उज्यालो' र जुनु रानाको 'लाहुरेनी सौन्दर्य' लाई संयुक्त रूपमा दिने घोषणा गरेको छ। समितिका अनुसार पुरस्कृत दुवै कृति निबन्धसङ्ग्रह हुन्। पुरस्कारअन्तर्गत २ लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरिनेछ।
यस वर्ष स्वदेश र विदेशमा रहेका लेखक तथा कविका नेपाली भाषाका ५२ कृति प्रतिस्पर्धामा परेका थिए। समितिले तीमध्येबाट पहिले १० उत्कृष्ट कृतिको सूची तयार पारेको थियो र अन्तिम चरणमा यी दुई कृति छानिएका हुन्। चितवनको एक शैक्षिक संस्थामा अध्यापन गर्ने खड्काका यसअघि चार कवितासङ्ग्रह, एक आख्यान र एक निबन्धसङ्ग्रह प्रकाशित छन्।
बागलुङकी राना हाल हङकङमा रहेर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ र उहाँको कवितासङ्ग्रह 'रातो नदी' यसअघि प्रकाशित भइसकेको छ। पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै सर्जकलाई कात्तिक १९ गते सुनसरीस्थित पुस्तकालयको भवनमा पुरस्कार हस्तान्तरण गरिनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

