स्वयम्भू संरक्षणका लागि ५ करोड ४० लाख बजेट स्वीकृत

विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा ५ करोड ४० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पारित गरेको यो रकम गत आर्थिक वर्षको तुलनामा २५ लाख रुपैयाँले बढी हो। महासमितिका अनुसार कुल बजेटको ३९ प्रतिशत स्वयम्भू र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा संरक्षणमा खर्च गरिनेछ।
बाँकी ६१ प्रतिशत रकम प्रशासनिक शीर्षकमा छुट्याइएको छ। महाचैत्य र त्यससँग जोडिएका संरचनाको जीर्णोद्धार गर्दै तिनको मौलिक रूप जोगाउने काममा जोड दिइने महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले बताउनुभएको छ। महासमितिले स्वदेशी तथा विदेशी पर्यटक र श्रद्धालुलाई स्वयम्भूको इतिहासबारे जानकारी दिने, नियमित पूजा सञ्चालन गर्ने तथा धार्मिक वनको संरक्षणका लागि वृक्षरोपण गर्ने काम गर्दै आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र काठमाडौँ महानगरपालिकालगायत निकायसँग समन्वय गरेर काम अघि बढाइने महासमितिले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


