कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

कैलालीमा बोक्सीको आरोप लगाएर एक महिलालाई कुटपिट गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
मंगलबार राति करिब ९ बजे भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया हसनादेवी डगौंरा आफ्नै घरमा सुतिरहेका बेला उनलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको हो।
प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। कैलाली जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


