११ कात्तिक २०८३ English
English

चक्रवात ‘अर्नब’ को सम्भावित असरबारे नागरिक उड्डयन प्राधिकरणले जारी गर्‍यो हवाई सुरक्षा सतर्कता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चक्रवात ‘अर्नब’ को सम्भावित असरबारे नागरिक उड्डयन प्राधिकरणले जारी गर्‍यो हवाई सुरक्षा सतर्कता
तस्बिर: नेपाल प्रेस

शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ बाट हुन सक्ने क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षामा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले यसबारे परिपत्र जारी गरेको छ।

यो चक्रवात भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको थियो। यसको सम्भावित असरलाई ध्यानमा राखेर सतर्कता जारी गरिएको हो।

परिपत्रअनुसार यो मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। चट्याङसहितको हुरीबतास र तीव्र हावाहुरी चल्न सक्छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना पनि छ।

यस्तो मौसमका कारण हवाई सेवामा जोखिम हुन सक्ने भएकाले सम्बन्धित निकायलाई सुरक्षा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार