११ कात्तिक २०८३ English
English

भारी वर्षा र हिमपहिरोको जोखिम: कात्तिक ११ देखि १५ सम्म उच्च हिमाली क्षेत्रमा नजान आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारी वर्षा र हिमपहिरोको जोखिम: कात्तिक ११ देखि १५ सम्म उच्च हिमाली क्षेत्रमा नजान आग्रह
तस्बिर: क्लिकमाण्डू

पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने र हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिम रहेको भन्दै विभागले यस्तो आग्रह गरेको हो।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। यही जोखिमलाई ध्यानमा राख्दै पर्यटन विभागले उच्च हिमाली क्षेत्रको यात्रा नगर्न आग्रह गरेको हो।

यस्तै, मुस्ताङमा जिल्ला प्रशासन कार्यालय र लोमान्थाङ गाउँपालिकाले पनि अक्टोबर २९ देखि ३१ सम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन्।

तपाईं यो अवधिमा हिमाली क्षेत्रतर्फ यात्राको योजना बनाउँदै हुनुहुन्छ भने सम्बन्धित निकायको सूचना र मौसम पूर्वानुमान हेरेर मात्र निर्णय लिन विभागले आग्रह गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार