सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो, लगातार तेस्रो दिन वृद्धि

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य लगातार तेस्रो दिन बढेको हो। साताको कारोबारको चौथो दिन बुधबार अघिल्लो दिनको तुलनामा सुनको भाउ बढेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि आज प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


