११ कात्तिक २०८३ English
English

सम्भावित भारी वर्षाको जोखिम: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सम्भावित भारी वर्षाको जोखिम: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
तस्बिर: अनलाइनखबर

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता विपद् निम्तिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशलाई पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरेको हो। वर्षा र हिमपातको पूर्वानुमानसँगै यो निर्देशन दिइएको हो।

एकाइले सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य टोली परिचालन गर्न आवश्यक तयारी गर्न भनेको छ।

विपद्को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य निकायहरूलाई आवश्यक पूर्वतयारी गरी सतर्क रहन आग्रह गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार