११ कात्तिक २०८३ English
English

काठमाडौँमा प्रहरीको विशेष अभियान, २४ घण्टामा ७५ जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौँमा प्रहरीको विशेष अभियान, २४ घण्टामा ७५ जना पक्राउ

YouTube मा सब्स्क्राइब

काठमाडौँ उपत्यकामा नेपाल प्रहरीले चलाएको विशेष स्वीप अपरेसनमा पछिल्लो २४ घण्टामा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा ६० पुरुष, १४ महिला र एक अन्य छन्। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले शान्ति सुव्यवस्था कायम राख्न र आपराधिक गतिविधि रोक्न विशेष प्रहरी परिचालन गरिएको बताउनुभएको छ।

उहाँका अनुसार अभियान सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सेवा प्रवाह गर्ने कार्यालय आसपास र मानिसको बढी आवतजावत हुने ठाउँमा केन्द्रित थियो। सेवाग्राही र सर्वसाधारणमाथि हातपात, होहल्ला र हुलहुज्जत गर्नेलाई अभियानले लक्षित गरेको प्रहरीले जनाएको छ। चोरी, लुटपाट, बिचौलियाको काम र गुण्डागर्दीमा संलग्नहरू पनि अभियानको निशानामा थिए।

स्रोत

सम्बन्धित समाचार