इजरायल निर्वाचन: २५ प्रतिशत मत गन्दा नेतन्याहुको लिकुड पार्टी अगाडि

इजरायलको आमनिर्वाचनको सुरुका मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी अगाडि छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मत गनिँदा लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ।
नेतन्याहुका गठबन्धन दलहरू समेत जोड्दा ६३ सिटमा अग्रता देखिएको छ। यसअघि सार्वजनिक एक्जिट पोलहरूले कुनै पनि पक्षले स्पष्ट बहुमत नपाउने देखाएका थिए।
प्रधानमन्त्री नेतन्याहुले निर्वाचनमा दक्षिणपन्थी दलहरूले निर्णायक बहुमत पाउने दाबी गरेका छन्। उनले दक्षिणपन्थी सरकार बनाउन आह्वान पनि गरेका छन्। तर सरकार गठनबारे अन्योल कायमै छ।
सन् १९४८ मा इजरायल स्थापना भएदेखि त्यहाँ सधैं गठबन्धन सरकार बन्दै आएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


