११ कात्तिक २०८३ English
English

चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना
तस्बिर: इमेजखबर

बङ्गालको खाडीमा बनेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ र हावाहुरी आउन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ। केही स्थानमा भारी वर्षा हुन सक्छ। उच्च हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न सुझाव दिइएको छ। धान भने कात्तिक १२ गतेअघि वा १५ गतेपछि मात्र काट्न सुझाव दिइएको छ।

मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि जमिनतिर प्रवेश गर्न थालेको छ। भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज चक्रवात पुग्ने पूर्वानुमान गरिएको छ। त्यसपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेका छन्।

नेपाल आइपुग्दा चक्रवातको तीव्रता घट्ने मौसमविद्हरूले बताएका छन्। तर यसले हिमाली क्षेत्रमा धेरै हिउँ पार्न सक्ने उनीहरूको भनाइ छ। मौसमविद्हरूका अनुसार चक्रवातको असर शुक्रबार सबैभन्दा बढी हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार