११ कात्तिक २०८३ English
English

ब्लड बैंकमा रगतको मौज्दात सकियो, नेपाल रेडक्रसले गर्‍यो रक्तदानका लागि विशेष आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ब्लड बैंकमा रगतको मौज्दात सकियो, नेपाल रेडक्रसले गर्‍यो रक्तदानका लागि विशेष आग्रह
तस्बिर: रातोपाटी

ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष आग्रह गरेको छ। सोसाइटीले रक्तदाता तथा सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको हो।

बडादसैँको लामो बिदा सुरु भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू प्रभावित भएका छन्। चाडपर्वका कारण रक्तदान कार्यक्रम हुन नसक्दा ब्लड बैंकमा रगतको चरम अभाव देखिएको हो।

काठमाडौँस्थित ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि रेडक्रसले रक्तदाताहरूलाई अगाडि आउन अनुरोध गरेको छ। रगत आवश्यक पर्ने बिरामीका लागि मौज्दात पुनः जुटाउन रक्तदान जरुरी रहेको सोसाइटीको भनाइ छ।

दसैँ बिदाका क्रममा रक्तदान कार्यक्रम नहुँदा अन्य स्थानमा पनि रगत अभाव भएको समाचार यसअघि सार्वजनिक भएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार