११ कात्तिक २०८३ English
English

हिमाली क्षेत्रको जलवायु विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री श्रेष्ठ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिमाली क्षेत्रको जलवायु विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री श्रेष्ठ
तस्बिर: नेपाल प्रेस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जना गरेका जटिल विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्।

थाइल्यान्डको बैंककमा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले जलवायु तथा भू-विपद्को सामना गर्न अन्तरिक्ष प्रविधिको उपयोग, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्य बढाउन आह्वान गरेका हुन्।

उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण विपद्का जोखिम जटिल बन्दै गएकाले यसको सामना गर्न देशहरूबीच प्रविधि र सूचना साझा गर्नुपर्ने धारणा राखेका छन्।

मन्त्री श्रेष्ठले विपद् न्यूनीकरणका लागि प्रविधिको प्रयोग र क्षेत्रीय स्तरमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार