११ कात्तिक २०८३ English
English

‘नक्कली भगवान्’ भन्दै एमाले अध्यक्ष ओलीको कटाक्ष

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
‘नक्कली भगवान्’ भन्दै एमाले अध्यक्ष ओलीको कटाक्ष

YouTube मा सब्स्क्राइब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान्‌हरू जन्मिएर हैरानी बढाएको भन्दै व्यङ्ग्य गर्नुभएको छ। मंगलबार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। पौराणिक प्रसङ्ग जोड्दै ओलीले पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन रोकिए पनि अहिले नक्कली भगवान् देखा परेको बताउनुभएको छ।

दक्षिणबाट आउने जोगी देख्नासाथ खुट्टा समातेर ढोग्ने प्रवृत्ति नेपालीमा रहेको उहाँको भनाइ छ। आफ्नै देशका विद्वान्‌लाई कम चिन्ने र लेखमा नेपाली लेखकभन्दा विदेशीको उद्धरण बढी दिने चलनप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभएको छ। अध्यक्ष ओलीका अनुसार पछिल्लो समय योगलाई ईश्वरसँग जोडेर भ्रम फैलाउन खोजिएको छ।

सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको र पतञ्जलिको समयमा आएर मात्र मिसिएको उहाँको दाबी छ। लोकार्पित ३६८ पृष्ठको स्मारिकामा शैक्षिक विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा र प्रतिष्ठानका गतिविधि समेटिएका छन्।

स्रोत

सम्बन्धित समाचार