इजरायलको निर्वाचनमा कुनै गठबन्धनलाई स्पष्ट बहुमत आएन, नेतन्याहुले लगाए मत चोरीको आरोप

इजरायलमा गत मंगलबार भएको आमनिर्वाचनमा कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सकेको छैन। निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ।
करिब ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको छैन। मतगणनामा नेतन्याहुको दल अगाडि रहे पनि सरकार बनाउन आवश्यक बहुमत भने पुगेको छैन।
बहुमत नपाएपछि प्रधानमन्त्री नेतन्याहुले अरब पार्टीहरूले मत चोरेको आरोप लगाएका छन्।
निर्वाचनपछि नयाँ सरकार गठनको विषयमा इजरायलमा राजनीतिक अन्योल कायमै रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


