ताक्लाकोटबाट व्यापार सकेर फर्किए दार्चुलाका सौका व्यापारी

दार्चुलाको व्यास गाउँपालिकाका सौका समुदायका व्यापारी तिब्बतको ताक्लाकोटमा मौसमी व्यापार सकेर छाङरु र तिङ्कर गाउँ फर्किएका छन्। उनीहरू पुर्ख्यौली चलनअनुसार ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। ताक्लाकोटमा चिसो बढेर बाक्लो हिउँ जमेपछि उनीहरू घर फर्किएको व्यास गाउँपालिका–१ छाङरुका व्यापारी तथा नेपाल–चीन हिमालयमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले बताउनुभएको छ।
गत असारको पहिलो साता तिङ्कर भन्ज्याङ नाका खुलेपछि व्यापारीहरू ताक्लाकोट पुगेका थिए। यहाँका व्यापारी गर्मी याममा मात्र ताक्लाकोटमा व्यापार गर्ने गर्छन्। ताक्लाकोटसँग जोडिने तिङ्कर नाका व्यास गाउँपालिका–१ मै पर्छ।
छाङरु र तिङ्कर गाउँमा बस्ने सौका समुदायलाई पुरानो चलनअनुसार ताक्लाकोट प्रवेश गर्न दिइँदै आएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


