१३ कात्तिक २०८३ English
English

पोखरामा कात्तिक १४ देखि ११औँ राष्ट्रिय सेपाकताक्रो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरामा कात्तिक १४ देखि ११औँ राष्ट्रिय सेपाकताक्रो

YouTube मा सब्स्क्राइब

११औँ राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता कात्तिक १४ गतेदेखि १७ गतेसम्म पोखरामा हुने भएको छ। गण्डकी प्रदेशमा पहिलोपटक हुन लागेको यो प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुनेछ। गण्डकी प्रदेश सेपाकताक्रो संघले नेपाल सेपाकताक्रो संघको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रदेश संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठका अनुसार नेपाली सेना र सातै प्रदेशका गरी महिला र पुरुषतर्फ आठ–आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टका खेल हुनेछन् भने महिलातर्फ रेगु र क्वाड विधा मात्र राखिएको छ। नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले खेलको विकास, विस्तार र प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको बताउनुभएको छ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।

स्रोत

सम्बन्धित समाचार