एनपीएल: लोकेश बमको ८७ रनमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई जितका लागि १८७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो। यो जारी सिजनमा बनेको सबैभन्दा ठूलो योगफल हो।
विराटनगरका लागि ओपनर लोकेश बमले ५२ बलमा सर्वाधिक ८७ रन बनाए। ९ छक्का प्रहार गरेका लोकेश व्यक्तिगत शतक बनाउनबाट चुके।
विराटनगरका रसेल र म्याथ्युज पनि आउट भए। म्याथ्युज टोलीको पाँचौँ विकेटका रूपमा आउट भएका थिए।
यसअघि बिहीबारकै पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


