डा. गोविन्द केसीले इलाममा सुरु गरे २५औँ सत्याग्रह

चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्रा.डा. गोविन्द केसीले बिहीबार इलाममा २५औँ सत्याग्रह सुरु गरेका छन्। उनले इलाम पुगेर पत्रकार सम्मेलनमार्फत सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन्।
डा. केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाएका छन्। उनले विवादित निर्णय खारेज गर्न र चिकित्सा शिक्षा क्षेत्रमा सुधार गर्न माग गरेका छन्। आयोगले न्यूनतम पूर्वाधार र आवश्यक जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम चलाउन अनुमति दिएको र विभिन्न मेडिकल कलेजमा सिट थपेको उनको भनाइ छ। इलाममा मेडिकल कलेज चाहिन्छ भन्ने माग पनि उनले राखेका छन्।
सरकारले माग पूरा गर्न चासो नदिएपछि सत्याग्रह सुरु गरेको डा. केसीले बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षामा नीतिगत र संस्थागत सुधार, सेवा प्रवाह सुधार र सुशासनका लागि डा. केसीको योगदान महत्त्वपूर्ण रहेको जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

