१२ कात्तिक २०८३ English
English

रास्वपा सभापति लामिछानेले सभामुख अर्याललाई भेटे, सांसद सुनारमाथि कारबाहीबारे चासो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपा सभापति लामिछानेले सभामुख अर्याललाई भेटे, सांसद सुनारमाथि कारबाहीबारे चासो
तस्बिर: इमेजखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर सभामुख अर्याललाई भेटेका हुन्।

प्रधानमन्त्रीसँगको भेटपछि लामिछानेले सभामुखलाई भेटेका हुन्। करिब आधा घण्टा कुराकानी भएको भेटमा लामिछानेले महिला हिंसामा मुछिएका सांसद खगेन्द्र सुनारमाथि कारबाही गर्ने विषयमा चासो राखेका थिए।

भेटमा भएका अन्य विषयबारे धेरै विवरण सार्वजनिक भइसकेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार