उमेर विवाद: कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ। भट्ट ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
नागरिकका अनुसार भट्ट ३६ वर्ष पुगेको पाइएको छ। उजुरीमा उनको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथग्रहण कार्यक्रम स्थगित गर्न माग गरिएको छ।
यसैबीच, कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण रोक्ने भएको सेतोपाटीले जनाएको छ।
महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


