१२ कात्तिक २०८३ English
English

कांग्रेस: केन्द्रीय सदस्य भट्टविरुद्ध उमेरसम्बन्धी उजुरी, जिल्ला अधिवेशन जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस: केन्द्रीय सदस्य भट्टविरुद्ध उमेरसम्बन्धी उजुरी, जिल्ला अधिवेशन जारी

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध उमेरहद नाघेको दाबीसहित पार्टीको निर्वाचन समितिमा उजुरी परेको छ। उम्मेदवारी दर्ता गर्दासम्म उनी ३५ वर्ष नाघिसकेको उजुरीमा दाबी गरिएको छ। सौगात थापाले दिएको उजुरीमा त्यस क्लस्टरबाट उम्मेदवार बनेका र निर्वाचित सबैको उमेर नागरिकतालगायत आधिकारिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको छ।

निर्वाचन समितिले उजुरीबारे हालसम्म कुनै निर्णय गरेको छैन। निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने कार्यक्रम छ। यता सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग सम्बन्ध पुनः जोड्न देशव्यापी जागरण अभियान चलाउने बताउनुभएको छ।

गत फागुनको निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २०७९ को तुलनामा करिब साढे नौ लाख मत गुमाएको थियो। महाधिवेशनपछि पार्टी बदलिएको सन्देश घरदैलोसम्म पुर्‍याउनु पनि अभियानको प्राथमिकता हो। अर्कोतर्फ, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले हालसम्म १० जिल्लामा अधिवेशन गरी सहमतिमै सभापति चयन गरेको छ।

संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, डोटी र बैतडी ती जिल्लामध्ये पर्छन्। सो पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। नियमित महाधिवेशन पक्षधर समूहले देशभर कात्तिक १५ देखि जिल्ला अधिवेशन गर्ने तय गरे पनि उदयपुरमा प्राविधिक कारणले कात्तिक १९ गते अधिवेशन हुने भएको छ।

खोटाङमा भने कात्तिक १७ गते अधिवेशन हुने भएको छ।

स्रोत

सम्बन्धित समाचार