रास्वपा सांसद खरेल: सांसद व्यक्तिको निर्देशनमा चल्दैनन्

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पार्टीका सांसदहरू कुनै एक व्यक्तिको निर्देशनमा नचलेको बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हरेक सांसद आफ्नै क्षमता र विवेकअनुसार सक्रिय रहेको दाबी गर्नुभएको छ। सत्तारुढ दलकै सांसदले सरकारलाई सुझाव दिनु र कमजोरी सुधार्न दबाब दिनुलाई सरकार गिराउने प्रयासका रूपमा हेर्न नमिल्ने उहाँको भनाइ छ।
तिहार र छठपछि आन्दोलनमार्फत सरकार गिराउने भन्दै प्रतिपक्षी दलहरूले दिएका अभिव्यक्तिप्रति सांसद खरेलले आपत्ति जनाउनुभएको छ। भारत भ्रमणका क्रममा आफूले सद्भाव र मित्रताको भाव मात्र व्यक्त गरेको उहाँले स्पष्ट पार्नुभएको छ। छिमेकीलाई गाली गरेर मात्र राष्ट्रियता बलियो नहुने र भारतसँगको सीमा विवाद कूटनीतिक संवादबाट सुल्झाउनुपर्ने उहाँको धारणा छ।
रास्वपा जिम्मेवारीसाथ अघि बढ्न तयार रहेको र विपक्षी दललाई गाली गर्ने राजनीतिमा नलाग्ने पनि सांसद खरेलले जनाउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


