प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच चार घण्टा छलफल, मन्त्रिपरिषद् बैठक सारियो

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुधबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवास पुग्नुभएको थियो। एक उच्च सुरक्षा स्रोतका अनुसार कुराकानी बिहान सवा १० बजे सुरु भई दिउँसो सवा २ बजेसम्म चलेको थियो।
संघीय निजामती सेवासम्बन्धी प्रस्तावित अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसम्बन्धी विषय र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे भेटमा छलफल भएको स्रोतहरूले जनाएका छन्। सभापति लामिछाने आइतबार राति भारतबाट काठमाडौँ फर्कनुभएको थियो। यसैबीच बुधबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक बिहीबारलाई सारिएको छ।
दुवै पक्षले भेटमा भएका विषयबारे औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


