सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन बुधबारको तुलनामा सुन ३०० रुपैयाँले महँगिएको हो।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले घटेको छ।
साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यमा यो वृद्धि आएको हो। सुनचाँदीको दैनिक मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


