१२ कात्तिक २०८३ English
English

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, ८ बुँदे प्रतिज्ञा र मंसिरमा देशव्यापी जनसम्पर्क अभियान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, ८ बुँदे प्रतिज्ञा र मंसिरमा देशव्यापी जनसम्पर्क अभियान

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभापति गगनकुमार थापाले उनीहरूलाई शपथ गराउनुभएको हो। सभापति थापा भने असोज ३१ गते फूलपातीकै दिन शपथ लिएर पदबहाली गरिसक्नुभएको थियो।

शपथसँगै निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको छ। शपथका क्रममा उनीहरूले संविधानप्रति प्रतिबद्ध रहने, पार्टी अनुशासन पालना गर्ने र विधानविपरीत गतिविधिमा संलग्न नहुनेलगायत ८ बुँदे प्रतिज्ञा गरेका छन्। शपथलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामै बस्ने कार्यक्रम छ।

सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार उक्त बैठकमा सभापतिले समसामयिक विषयमा जानकारी दिनुहुनेछ र बैठक अन्य कार्यसूचीमा प्रवेश गर्ने छैन। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिने निर्णय गर्ने बताइएको छ। यसैबीच, पार्टीले मंसिरमा महिनाभर देशव्यापी जनसम्पर्क अभियान चलाउने तयारी गरेको छ।

सभापति थापाका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीबाट टाढिएका मतदातासँग फेरि जोडिनु र उनीहरू किन टाढिए भन्ने बुझ्नु अभियानको लक्ष्य हो।

स्रोत

सम्बन्धित समाचार