१२ कात्तिक २०८३ English
English

वैकल्पिक बाटो तयार, लाङटाङ पदमार्ग फेरि सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
वैकल्पिक बाटो तयार, लाङटाङ पदमार्ग फेरि सञ्चालनमा

YouTube मा सब्स्क्राइब

बाढीका कारण अवरुद्ध रसुवाको लाङटाङ उपत्यका पदमार्ग वैकल्पिक बाटो बनेपछि फेरि सञ्चालनमा आएको छ। भोटेकोशी नदीको बाढीले स्याफ्रुबेँसी क्षेत्रका संरचना र पासाङ ल्हामु राजमार्गमा क्षति गरेपछि यो पदमार्गमा आवतजावत रोकिएको थियो। पदयात्रीको सुरक्षालाई ध्यानमा राखेर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल अर्थात् टान र स्थानीय तहको पहलमा बाढी प्रभावित भाग छलेर नयाँ बाटो तयार गरिएको हो।

अब पदयात्री जिल्ला सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, ब्राबल र ठूलो स्याफ्रु हुँदै बम्बो पुग्न सक्छन् भने त्यहाँबाट लामा होटल हुँदै लाङटाङ गाउँसम्म जान सकिन्छ। गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु ज्याङ्बा तामाङले विपत्तिले बाटोमा समस्या ल्याए पनि अहिले सुरक्षित विकल्प बनाइएको बताउनुभएको छ। पदमार्ग फेरि खुलेपछि स्थानीयवासी खुसी भएका छन्।

स्रोत

सम्बन्धित समाचार