१२ कात्तिक २०८३ English
English

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

YouTube मा सब्स्क्राइब

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले अस्थायी प्रकृतिमा काम गर्ने सबै शिक्षक र कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तुरुन्त समेट्न माग गरेको छ। यसबाट उनीहरूको पेसाको निरन्तरता सुनिश्चित हुनुपर्ने युनियनको भनाइ छ। युनियनले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेको हो।

सामुदायिक विद्यालयमा कार्यरत राहत, करार, अस्थायी तथा बालविकास शिक्षक र विद्यालय कर्मचारी यो मागको दायरामा परेका छन्। श्रम कानुनअनुसार उनीहरूले बिदा, उपचार सुविधा, दुर्घटना बिमा र उपदान पाउनुपर्ने युनियनको अडान छ। समान कामका आधारमा न्यायोचित व्यवहार हुनुपर्ने माग पनि युनियनले गरेको छ।

युनियनका अध्यक्ष विष्णु खत्रीले लामो समय सेवा गरेकाहरूको योगदान र अनुभवको कदर हुनुपर्ने बताउनुभएको छ। यसका लागि कानुन संशोधन गरी उमेरको हद हटाउनुपर्ने र उनीहरूलाई खुला प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने उहाँको माग छ। माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि उहाँले दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार