विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन ८१ प्रतिशत पूरा

कोशी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेशकै सबैभन्दा ठूलो विमानस्थलमा बनिरहेको नयाँ टर्मिनल भवनको भौतिक प्रगति करिब ८१ प्रतिशत पुगेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काका अनुसार तीनतले यो भवन करिब १८ हजार वर्गमिटर क्षेत्रफलमा बनिरहेको छ। झन्डै ६८ वर्षदेखि सेवा दिँदै आएको विमानस्थलको टर्मिनलसहितका संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले २०७९ पुसमा निर्माण सुरु गरिएको थियो।
यसको लागत करिब ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। निर्माण कम्पनीले २०८३ पुसभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पछिल्लो समय निर्माणलाई तीव्र बनाएको छ। नयाँ भवन यात्रुको सुविधालाई प्राथमिकतामा राखेर अत्याधुनिक र प्रविधिमैत्री ढाँचामा तयार पारिँदै छ।
सन् १९५८ मा सञ्चालनमा आएको यो विमानस्थल भारत र कोरिया सरकारको सहयोगमा निर्माण भएको थियो। करिब १२२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग करिब १ हजार ७७५ मिटर लामो छ। सूचना अधिकारी खड्काका अनुसार यहाँबाट हाल दैनिक करिब २० देखि २५ वटा उडान सञ्चालन हुने गरेका छन्।
अहिले विमानस्थलमा पाँचवटा विमान पार्किङ गर्न सकिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

