१२ कात्तिक २०८३ English
English

प्रहरी पोसाक खरिद: उपसमितिमा प्रहरीले बुझायो एक बोरा विवरण, मङ्सिर २० भित्र प्रतिवेदन बुझाउने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रहरी पोसाक खरिद: उपसमितिमा प्रहरीले बुझायो एक बोरा विवरण, मङ्सिर २० भित्र प्रतिवेदन बुझाउने तयारी
तस्बिर: रातोपाटी

सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिमा प्रहरीले पोसाक खरिदबारे एक बोरा विवरण बुझाएको छ। बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधिसमेत तय गरेको छ। उपसमितिले मङ्सिर २० भित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ।

उपसमितिकी संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्। संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउला भन्ने आफूलाई नलागेको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन्।

यसैबीच, रास्वपाका सांसद खगेन्द्र सुनार बिहीबारको उपसमिति बैठकमा अनुपस्थित भए। उनको पार्टीले उनलाई बैठकमा सहभागी हुन रोक लगाएपछि उनी अनुपस्थित भएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार