एनडीसी ३.० कार्यान्वयनका लागि नेपाललाई ७४ अर्ब अमेरिकी डलर आवश्यक: एडीबी

एसियाली विकास बैंक (एडीबी) ले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) कार्यान्वयनका लागि करिब ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ।
एडीबीका नेपालका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले सन् २०२५ देखि २०३५ सम्मको अवधिमा एनडीसी ३.० कार्यान्वयन गर्न नेपाललाई करिब ७४ अर्ब अमेरिकी डलर चाहिने बताएका हुन्।
एनडीसी जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनका लागि नेपालले तय गरेको राष्ट्रिय योजना हो। जलवायु अनुकूलनसहितका कार्यक्रमका लागि यो रकम आवश्यक पर्ने एडीबीको भनाइ छ।
कोप–३१ मा नेपालको सहभागिताको तयारी भइरहेका बेला काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय जलवायु सम्मेलनलगायत कार्यक्रममा जलवायु वित्त र अनुकूलनका विषयमा छलफल भइरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


