१२ कात्तिक २०८३ English
English

राष्ट्र बैंकले ८ दिनका लागि बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ तरलता खिच्दै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्र बैंकले ८ दिनका लागि बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ तरलता खिच्दै
तस्बिर: क्लिकमाण्डू

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट तरलता व्यवस्थापनका लागि १ खर्ब ५० अर्ब (१५० अर्ब) रुपैयाँ तरलता खिच्ने भएको छ।

तरलता प्रशोषणका लागि केन्द्रीय बैंकले ८ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। यसका लागि आजै बोलकबोल हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरू सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न यस्ता उपकरण प्रयोग गर्ने गर्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार