१२ कात्तिक २०८३ English
English

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोग र पञ्जीकरण विभागबीच समझदारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोग र पञ्जीकरण विभागबीच समझदारी
तस्बिर: बिजमाण्डू

मतदाता नामावलीलाई थप शुद्ध, विश्वसनीय र व्यवस्थित बनाउन निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार विभागले आफू मातहतको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीका विवरण आयोगलाई दिनेछ। यी विवरण मतदाता नामावली अद्यावधिक गर्न र विवरण प्रमाणीकरण गर्न प्रयोग हुनेछन्।

मतदाता नामावली अद्यावधिक र प्रमाणीकरणको कामलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन दुई निकायबीच यो समझदारी भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार