एनपीएल: मोइन अलीको अर्धशतक र राहुल यादवको चार विकेटमा जनकपुरले काठमाडौंलाई हरायो

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई पराजित गरेको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए। मोइनको अर्धशतक यस संस्करणको तेस्रो अर्धशतक हो। यसअघि दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ।
बलिङमा ट्यालेन्ट हन्टबाट छनोट भएका १६ वर्षीय राहुल यादवले चार विकेट लिए। मोइन अलीले राहुलमा नेपाली क्रिकेटको भविष्य देख्दै उनी 'नेपालका मलिंगा' बन्न सक्ने भन्दै प्रशंसा गरेका छन्।
हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेभिड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


