एनपीएल: सोमपाल कामीको अर्धशतकमा कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले यो जित निकालेको हो। यो कर्णालीको लगातार दोस्रो जित हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको डे-नाइट खेलमा कर्णालीका कप्तान सोमपाल कामीले मात्र २७ बलमा अर्धशतक पूरा गरे। यो एनपीएलमा उनको पहिलो अर्धशतक हो।
कर्णालीका पवन सर्राफले २८ बलमा ३६ रन बनाए। उनी लङ सट खेल्ने क्रममा क्याच आउट भए। कर्णालीले १५.२ ओभरमा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि क्रिजमा रहेका सोमपाल र गुलशनको आक्रामक ब्याटिङले टोलीलाई जित दिलायो।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले कर्णालीलाई १८७ रनको लक्ष्य दिएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


