१२ कात्तिक २०८३ English
English

चक्रवात ‘अर्नब’: तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चक्रवात ‘अर्नब’: तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
तस्बिर: देशसञ्चार

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ तथा पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा र हिमपात हुनसक्ने भएको छ।

कात्तिक १२ गते रातिदेखि १३ र १४ गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन शनिबारसम्म सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ।

नेपाल पर्यटन बोर्डले पनि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भारी वर्षा र हिमपात हुनसक्ने भएकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार