सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा कुल ऋण करिब ३० खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। गत असार मसान्तसम्म यो रकम करिब २९ खर्ब ८१ अर्ब रुपैयाँ थियो।
यी तीन महिनामा सरकारले करिब १ खर्ब २३ अर्ब रुपैयाँ नयाँ ऋण लिएको छ। यो हिसाबले प्रत्येक नेपालीको भागमा करिब १ लाख रुपैयाँ ऋण पर्ने देखिन्छ। असोजसम्म साँवा र ब्याज भुक्तानीमा करिब ९९ अर्ब रुपैयाँ खर्च हुँदा पुँजीगत खर्च करिब २८ अर्ब रुपैयाँमा सीमित भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋण चालु र प्रशासनिक खर्चमा प्रयोग गर्न कडाइका साथ रोक्न सिफारिस गरेको छ। आयोगले यस्तो ऋण पुँजी निर्माण हुने आयोजनामा मात्र लगाउनुपर्ने सुझाव दिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


