१३ कात्तिक २०८३ English
English

प्रधानमन्त्रीको भारत भ्रमणमा 'सीईओ राउन्डटेबल': लगानी बोर्ड र निक्कीबीच छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्रीको भारत भ्रमणमा 'सीईओ राउन्डटेबल': लगानी बोर्ड र निक्कीबीच छलफल

YouTube मा सब्स्क्राइब

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा नेपाल–भारत प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठक आयोजना गर्ने विषयमा लगानी बोर्ड नेपाल र नेपाल–भारत उद्योग वाणिज्य संघबीच छलफल भएको छ। नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको बैठकमा नेपालमा भारतीय लगानी बढाउने र दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको हो। बैठकमा संघका अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनील केसी र उपाध्यक्ष गौरव टयाल तथा बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब र सहसचिव भूपेन्द्र थापा सहभागी हुनुहुन्थ्यो।

सार्वजनिक र निजी क्षेत्रको सहकार्य बलियो बनाउने तथा बीटुबी अन्तरक्रियामार्फत नयाँ लगानी भित्र्याउने विषयमा जोड दिइएको थियो। अध्यक्ष कयालले भारतीय व्यावसायिक संस्थासँग संघको बलियो सञ्जाल रहेको र नेपालमा सञ्चालित भारतीय उद्योगको योगदान बाहिर ल्याउनुपर्ने बताउनुभएको छ। उपाध्यक्ष टयालले विशिष्टीकृत स्वास्थ्य सेवा, उच्च शिक्षा, यातायात, लजिस्टिक्स र पूर्वाधार क्षेत्रमा सहकार्यको सम्भावना रहेको औँल्याउनुभएको छ।

प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी सहजीकरण र प्रवर्धनका लागि व्यवस्थित दृष्टिकोण तथा निजी क्षेत्रबाट पूर्वतयारीसहितका ठोस प्रस्ताव आवश्यक रहेको बताउनुभएको छ। गोलमेच बैठकका लागि स्पष्ट कार्यसूची बनाउने, प्राथमिकताका क्षेत्र पहिचान गर्ने र सहभागी कम्पनी सावधानीपूर्वक छान्ने विषयमा पनि सहभागीले धारणा राखेका थिए। दुवै पक्षले संस्थागत सहकार्यलाई निरन्तरता दिने बताएका छन्।

स्रोत

सम्बन्धित समाचार