१३ कात्तिक २०८३ English
English

हेलिकप्टर असफल, र्‍याफ्टिङ टोलीले २० दिनपछि बचायो बाढीमा फसेको कुकुर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हेलिकप्टर असफल, र्‍याफ्टिङ टोलीले २० दिनपछि बचायो बाढीमा फसेको कुकुर

YouTube मा सब्स्क्राइब

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि नदीपारि अलपत्र परेको एउटा घरपालुवा कुकुरलाई २० दिनपछि उद्धार गरिएको छ। असोज २५ गतेको बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगतमा घर र पुल बगाएपछि सेती कुकुर नदीको अर्को किनारमा फसेको थियो। कुकुर रहेको ठाउँको एकातिर ठाडो भिर र अर्कोतिर नदीको भङ्गालो भएकाले स्थानीयले त्यहाँसम्म खानेकुरासमेत पुर्‍याउन सकेका थिएनन्।

सुरुमा हेलिकप्टरबाट उद्धार गर्ने तयारी भए पनि मौसम खराब भएकाले उडान हुन सकेन। त्यसपछि धादिङको र्‍याफ्टिङ टोलीले एनिमल नेपाल र गाउँपालिकासँग समन्वय गरेर शुक्रबार सिर्दिबासस्थित जगत पुगी कुकुरलाई सुरक्षित निकालेको हो। हेलिकप्टर उड्न नसकेपछि र्‍याफ्टिङ टोलीको सहयोग लिइएको गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभएको छ।

उद्धारमा मनास्लु संरक्षण क्षेत्र आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखा र गोरखा जेसिजले पनि सहयोग गरेका थिए। सोही क्षेत्रमा फसेका बाख्राको उद्धार प्रयास पनि जारी छ।

स्रोत

सम्बन्धित समाचार