१३ कात्तिक २०८३ English
English

पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा रसुवाको जुरेढुङ्गा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा रसुवाको जुरेढुङ्गा

YouTube मा सब्स्क्राइब

रसुवाको नौकुण्ड गाउँपालिका–१ मा रहेको जुरेढुङ्गा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको छ। समुद्र सतहबाट २ हजार ९८० मिटर उचाइमा रहेको यो क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ र प्राकृतिक सुन्दरता, जैविक विविधता तथा धार्मिक किंवदन्तीका लागि चिनिन्छ। यसको फेदमा रहेको सिप्पुङ खर्कबाट सातधारे हिमाल र नौकुण्डका थाङ्दोर, लाङ्बु, यार्सालगायतका गाउँ देख्न सकिन्छ।

छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जे, ककनी र चिसापानीसम्मका डाँडा पनि यहाँबाट प्रस्ट देखिन्छन्। चैत र वैशाखमा यहाँ ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्छन्। लोपोन्मुख रातो हाब्रेको वासस्थान रहेको यो वनमा गुराँस, खस्रु र गोब्रेसल्लाका ठूला रुख छन्।

स्रोत

सम्बन्धित समाचार