एनपीएल: पहिलो ६ खेलमा नेपालीलाई प्लेयर अफ द म्याच, सोमपालको पुरस्कार सडकका जनावरलाई

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका पहिला ६ वटै खेलमा प्लेयर अफ द म्याच नेपाली खेलाडी घोषित भएका छन्। शेर मल्लले पहिलो, कमलसिंह ऐरीले दोस्रो र युनिश विक्रम सिंह ठकुरीले तेस्रो खेलमा यो पुरस्कार पाउनुभयो। चौथो खेलमा राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, पाँचौँमा राहुल यादव र छैटौँमा सोमपाल कामी उत्कृष्ट खेलाडी बन्नुभयो।
बिहीबार कर्णाली याक्सका कप्तान कामीले विराटनगर किङ्सविरुद्ध ६२ रन बनाउनुका साथै ४ विकेट लिएर टोलीलाई ४ विकेटको जित दिलाउनुभयो। खेलपछि उहाँले प्लेयर अफ द म्याचबापत पाएको पूरै रकम सडकका जनावरको हेरचाह गर्दै आएकी सिर्जना ठकुरीलाई दिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले व्यक्तिगत उपलब्धिभन्दा टोलीलाई जिताउन योगदान दिन पाउनु ठूलो कुरा भएको लेख्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


