१३ कात्तिक २०८३ English
English

नेपालको पहिलो १०९ वर्ष पुरानो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालको पहिलो १०९ वर्ष पुरानो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा

YouTube मा सब्स्क्राइब

नेपालमा भित्रिएको पहिलो ऐतिहासिक दमकल अब सर्वसाधारणले नजिकबाट हेर्न पाउने भएका छन्। वसन्तपुरको जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय बनाएर उक्त दमकलसँगै आगो नियन्त्रणका पुराना उपकरण प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीअघि दमकललाई मर्मत र रङरोगन गरी पुरानै रूपमा फर्काइएको छ।

राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९९४ मा वसन्तपुरमा जुद्ध वारुण यन्त्र खडा गरी देशमा पहिलोपटक दमकल ल्याएका थिए। सेतो दरबारमा लागेको ठूलो आगलागीपछि बेलायतबाट दमकल मगाइएको इतिहास छ। त्यसबेला उपत्यका सडकमार्गले तराई र भारतसँग नजोडिएकाले बेलायतबाट आएका तीनवटा दमकल मकवानपुरको भीमफेदीबाट मानिसले काँधमा बोकेर काठमाडौँ पुर्‍याएका थिए।

भक्तपुर र ललितपुरका पुराना दमकललाई पनि संरक्षण गरी सङ्ग्रहालयका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ।

स्रोत

सम्बन्धित समाचार