१३ कात्तिक २०८३ English
English

देउवा समूहको महाधिवेशन खुलामञ्चमा, सिन्धुपाल्चोक अधिवेशन १६ गते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देउवा समूहको महाधिवेशन खुलामञ्चमा, सिन्धुपाल्चोक अधिवेशन १६ गते

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा गर्ने भएको छ। समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले खुलामञ्च बुक भइसकेको जानकारी दिनुभएको छ। खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ।

उद्घाटन र समापन सत्रसँगै केन्द्रीय सदस्य चयनको मतदान खुलामञ्चमै गरिनेछ। केन्द्रीय पदाधिकारीका लागि भने राष्ट्रियसभा गृहमा मतदान हुनेछ। यसैबीच समूहको सिन्धुपाल्चोक जिल्ला अधिवेशन कात्तिक १६ गते हुने भएको छ।

अधिवेशन पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर बाह्रविसेमा हुनेछ र त्यसको उद्घाटन बस्नेत आफैँले गर्नुहुनेछ। बस्नेतले आफूनिकट नेता तथा कार्यकर्तालाई अधिवेशनमा उपस्थित हुन आह्वान गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार