१३ कात्तिक २०८३ English
English

पूर्वका दुग्ध किसानको बक्यौता घटेर करिब ३ करोडमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वका दुग्ध किसानको बक्यौता घटेर करिब ३ करोडमा

YouTube मा सब्स्क्राइब

विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी नेपालका दुध किसानलाई तिर्नुपर्ने बक्यौता घटेर करिब ३ करोड रुपैयाँमा सीमित भएको जनाएको छ। आयोजनाका अनुसार कुनै समय किसानको दुधको बक्यौता झन्डै ३५ करोड रुपैयाँसम्म पुगेको थियो। दुध तथा दुग्धजन्य पदार्थको बिक्री क्रमशः बढ्दै गएपछि बक्यौता घटेको हो।

विराटनगरमा रहेको आयोजनाले किसानलाई हरेक १५ दिनमा किस्ताका रूपमा भुक्तानी दिने गरेको छ। निमित्त आयोजना प्रमुख नविन किशोर शर्माका अनुसार अहिले साउन र भदौ महिनाको किस्ता अनि चालु बिल मात्र तिर्न बाँकी छ। उहाँले आयोजनाको बिक्री करिब ५० प्रतिशतसम्म बढेको बताउनुभएको छ।

घिउको मौज्दात अहिले करिब ५ मेट्रिक टन मात्र रहेको उहाँको भनाइ छ। आयोजनाले पूर्वका किसानबाट हाल दिनहुँ करिब १० हजार ५ सय लिटर दुध जम्मा गरिरहेको जनाएको छ। त्यसमध्ये झन्डै ५ हजार लिटर बराबरको दुध तथा दुधजन्य सामग्री दैनिक बिक्री भइरहेको छ।

आयोजनाका अनुसार कात्तिकदेखि दुध सङ्कलन बढ्न थालेको छ।

स्रोत

सम्बन्धित समाचार