१३ कात्तिक २०८३ English
English

आठ हजार मिटरमाथिका थप ६ हिमाललाई मान्यता दिन नेपालको प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आठ हजार मिटरमाथिका थप ६ हिमाललाई मान्यता दिन नेपालको प्रस्ताव

YouTube मा सब्स्क्राइब

नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ। काठमाडौँमा शुक्रबार सुरु भएको विश्व पर्वतारोहण तथा आरोहण महासंघ, यूआईएएको साधारणसभामा नेपाल पर्वतारोहण संघमार्फत प्रस्ताव पेस गरिएको छ। दुई दिने यो साधारणसभा शनिबार सकिनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले यो पहल अघि बढाउनुभएको हो। प्रस्तावित सूचीमा सबैभन्दा अग्लो यालुङ काङ हो, जसको उचाइ ८ हजार ५०५ मिटर छ। कञ्चनजङ्घा दक्षिणको उचाइ ८ हजार ४७६, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ र ल्होत्से मध्यको ८ हजार ४१० मिटर छ।

ल्होत्से शारको उचाइ ८ हजार ४०० र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर छ। हाल मान्यता पाएका विश्वका १४ आठहजारीमध्ये सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम गरी आठ हिमाल नेपालमा वा नेपालको सीमामा पर्छन्। प्रस्ताव स्वीकृत भए विश्वमा मान्यताप्राप्त आठहजारी हिमाल १४ बाट २० र नेपालमा आठबाट १४ पुग्नेछन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रत्येक चुचुरालाई छुट्टै हिमाल मान्नुपर्ने आधारसहितको अध्ययन प्रतिवेदन साधारणसभामा प्रस्तुत गर्नुभएको छ। उहाँले भौगोलिक, वैज्ञानिक र पर्वतारोहणसम्बन्धी आधारमा यी चुचुराको औपचारिक मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा यूआईएएको साधारणसभा आयोजना गरिसकेको छ।

स्रोत

सम्बन्धित समाचार