१३ कात्तिक २०८३ English
English

दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार

YouTube मा सब्स्क्राइब

दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रमा फसेका ८६० जना नेपाली नागरिकको हालसम्म उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार नियमित पत्रकार भेटघाटमा यो जानकारी दिनुभएको छ। उहाँका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित यस्ता केन्द्रबाट नेपालीहरूको उद्धार गरिएको हो।

ती केन्द्रमा नेपाली फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको प्रवक्ता पौडेल क्षेत्रीले बताउनुभएको छ। पीडित र उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गर्ने क्रम जारी छ। अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन ती देशका सरकारी निकायसँग कूटनीतिक समन्वय भइरहेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयले झुटो प्रलोभनमा नपर्न र गैरकानुनी काममा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार