भूमिगत विद्युत् लाइन विस्तार: काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती

काठमाडौंमा भूमिगत विद्युत् लाइन विस्तारको काम अघि बढेकाले विभिन्न क्षेत्रमा आठ दिनसम्म बिजुली कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न फिडरमा भूमिगत लाइन विस्तारको काम भइरहेको छ। यही कामका कारण सम्बन्धित क्षेत्रमा बिजुली आपूर्ति बन्द गरिने भएको हो।
प्राधिकरणका अनुसार आज शुक्रबारदेखि कात्तिक २० गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा बिजुली आपूर्ति बन्द रहनेछ।
भूमिगत लाइन विस्तारको काम भइरहेका फिडरमा पर्ने क्षेत्रमा तोकिएको समयमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


